९५ हजार रूपैयाँ नक्कली नोटसहित प्रहरीले मकवानपुरको हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ।
रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरिया- १ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका-२ का ४० वर्षीय विजय तामाङलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो।
उनीहरुलाई हेटौंडा उपमहानगरपालिका - १५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनीहरुलाई हिरासतमा राखेर नक्कली नोटको कारोबारको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया