समाज


टिपरको ठक्करबाट चिकित्सकको मृत्यु

टिपरको ठक्करबाट चिकित्सकको मृत्यु

नेपालखबर
भदौ १२, २०८० मंगलबार १२:५५, झापा

मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका चिकित्सक २८ वर्षीय नीरज यादवको मृत्यु भएको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो।

डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए। घर पुगेर हस्पिटलको डिउटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad