नेपाली फिल्म ‘ह्वाइट हाउस’मा अभिनेत्री आँचल शर्मा र गरिमा शर्माले सँगै अभिनय गर्ने भएका छन्।
यी दुबै अभिनेत्रीले फिल्मका लागि औपचारिक सम्झौतासमेत गरिसकेका छन्।
यो फिल्मको लेखन सविनकुमार तोलाङ्गीले गरेका हुन्। निर्देशन पनि उनैको रहने छ।
अस्कर कलेजको तेश्रो ब्याचबाट पास भएका सविनले केही छोटा फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। उनको यो डेब्यू निर्देशनको फिचर फिल्म हुनेछ।
यो फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ। तिहारपछि अष्ट्रेलियाबाट फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको तयारी छ।
आँचलले यो फिल्मका लागि हालै सम्झौता गरेकी छन्। गरिमा भने एक महिना अघिदेखि नै फिल्ममा अनुबन्धित भैसकेकी छन्।
गरिमाको करिअरको यो चौथो फिल्म हो। यसअघि उनले ‘लण्डन टू पेरिस’, ‘ह्रस्व दीर्घ’ र ‘दौतरी’ साइन गरिसकेकी छिन्।
यो फिल्ममा नायक रमेश उप्रेतिले आँचलसँग स्क्रिन शेयर गर्ने छन्। ग्रिमाको जोडी कलाकारको खोजिमा निर्माण टिम लागेको छ।
Shares

प्रतिक्रिया