ad ad

समाज


तनहुँमा पाउदी खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु

तनहुँमा पाउदी खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु

नेपालखबर
भदौ ९, २०८० शनिबार ५:५६, तनहुँ

तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियारको शुक्रबार नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

बगाएको ठाउँभन्दा करिब आठसय मिटर तल बालकको शव फेला परेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .