ad ad

समाज


सुन तस्करी प्रकरणमा थप प्रमाण बटुल्दै सीआईबी, सर्वसाधारणसँग माग्यो सूचना

सुन तस्करी प्रकरणमा थप प्रमाण बटुल्दै सीआईबी, सर्वसाधारणसँग माग्यो सूचना

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १७:२१, काठमाडौँ

गत साउन ३ गते बरामद भएको ६० किलो तस्करीको सुनबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वसाधारणसँग पनि सूचना र प्रमाण मागेको छ।


विभिन्न गिरोहले अबैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणबारे अहिले पनि अनुसन्धान चलिरहेको जनाउँदै सीआईबीले सर्वसाधारणसँग पनि सूचना मागेको हो।

केही दिनयता सुन प्रकरणमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएको समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै सीआईबीले तथ्य र प्रमाण बटुल्ने काम जारी रहेको जनाएको छ। 

यसअगाडि विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणको पनि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको सीआईबीले उल्लेख गरेको छ।

सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले सुन तस्करीबारे कसैसँग केही सूचना, तथ्य र प्रमाण भएमा पठाएर सहयोग गर्न भनेका हुन्। सीआईबीले सूचना लिनका लागि मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ। 

सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्ष रुपमा उपलब्ध गराउन सकिने पनि अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .