सरकारले विभिन्न निकाय र योजनाका लागि ६ सय ५८ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
गत साउन ३० र यही भदौ ६ गते बसेका दुईवटा मन्त्रिपरिषद्को बैठकबाट ती अस्थायी दरबन्दी स्वीकृत गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार ती सबै दरबन्दी राजपत्रांकित अर्थात अधिकृत तहभन्दा माथिका रहेका छन्। सबैभन्दा धेरै अस्थायी दरबन्दी सहरी विकास मन्त्रालयअन्तर्गत स्वीकृत भएका छन्। सहरी विकासले चालु आर्थिक वर्षका लागि ४६८ जना अस्थायी कर्मचारीका लागि दरबन्दी स्वीकृत गराएको हो।
कुनमा कति दरबन्दी स्वीकृत?
- सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजना लगायतका निकायहरुको आर्थिक वर्ष २०८०/८१ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने।
78
Shares

प्रतिक्रिया