ad ad

समाज


पहिरो हटाएपछि पृथ्वीराजमार्गमा गाडि गुड्न थाले

पहिरो हटाएपछि पृथ्वीराजमार्गमा गाडि गुड्न थाले

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १२:३३, दमौली

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ। 

बुधबारदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो। पहिरो पन्छाएपछि आज बिहानबाट यो सडकमा गाडि चल्न थालेका हुन्।

विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ। 

आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने क्रम बढेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .