ad ad

ग्लोबल


वाग्नर प्रमुख प्रिगोजिन दुर्घटनामा परेको विमान कुन थियो र कति सुरक्षित मानिन्थ्यो?

वाग्नर प्रमुख प्रिगोजिन दुर्घटनामा परेको विमान कुन थियो र कति सुरक्षित मानिन्थ्यो?

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १२:४२, काठमाडौँ

रुसमा केही समयअघि सरकारविरुद्ध असफल सैन्य विद्रोह गरेका वाग्नर सेना प्रमुख यवगेनी प्रिगोजिन बुधबार विमान दुर्घटना परी बिते। आखिर उनी सवार विमान कुन थियो र कत्तिको सुरक्षित मानिन्थ्यो? 

बीबीसीका अनुसार उनी सवार विमान एम्ब्रेयर लिगेसी ६०० थियो।

ब्राजिलको एम्ब्रेयर लिगेसी ६०० विमान सन् २००२ मा ल्याइएको थियो र हालसम्म कम्पनीले यस मोडलका ३०० जेट बनाएको छ। 

अन्तर्राष्ट्रिय उड्डयन मुख्यालयको वेबसाइटअनुसार उक्त विमान निकै सुरक्षित मानिन्छ, २० वर्षभन्दा बढी अवधिमा एउटा मात्र दुर्घटना भएको छ।

वेबसाइटले सन् २००६ मा ब्राजिलको एम्ब्रेयर फ्याक्ट्रीबाट अमेरिकाका लागि उडेको विमान दुर्घटना भएको तर मानवीय त्रुटिका कारण यो दुर्घटना भएको उल्लेख गरेको छ। 

सन् २०२० मा कम्पनीले यो जेटको उत्पादन बन्द गरेको थियो। 

रुसको उड्डयन एजेन्सीले उक्त जेटमा सात यात्रुसहित तीनजना चालक दलका सदस्य रहेको र सबैको मृत्यु भएको बताएको छ। 

रुसको आपतकालीन सेवाले विमान दुर्घटनामा निधन भएका सबै १० जनाको शव निकालिएको जनाएको छ। 

रुसका अनुसार प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, यवगेनी मकार्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभ पनि विमानमा थिए। 

चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को-पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .