संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको बुवा हर्कबहादुर राईको दाहसंस्कार पशुपतिमै गरिने भएको छ।
यसअघि उनको इच्छाअनुसार उनको पार्थिव शरीर उनकै गृहमजिल्ला भोजपुर लगेर दाहसंस्कार गर्ने तयारी थियो।
निरन्तर वर्षाका कारण बुवाको पार्थिव शरीर भोजपुरको गाउँमा लाने कार्यक्रम रद्द गरिएको मन्त्री किराँतीले जानकारी दिए। अब बुवाको अन्तिम संस्कार पशुपतिनाथस्थित विद्युतीय शवदाह गृहमा गरिने उनले बताए।
‘खराब मौसमको कारण गृहजिल्ला जान सकिएन। बुवाको र मेरो मन मौसमले मानेन’, उनले भने, ‘बुबाको अन्तिम संस्कार पशुपति विद्युतीय शवदाह गृहमा ठीक दिउँसो २ बजे हुने जानकारी गराउँदछौँ।’
मन्त्री किराँतीका पिता हर्कबहादुर राईको उपचारका क्रममा आज बिहान पौने ५ बजेतिर काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो।
Shares
प्रतिक्रिया