ad ad

समाज


१९२ जना माझीलाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

१९२ जना माझीलाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८० मंगलबार ११:१७, चितवन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन्।

परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमतिपत्र लिनेमा माझी, बोटे, मुसहर, कुमाल र थारू समुदायका छन्। 

यस वर्ष माछा मार्न अनुमति लिनेको सङ्ख्या दुई सय पुग्ने अनुमान निकुञ्जले गरेको छ। गत वर्ष पनि सोही हाराहारीमा माछा मार्नेले अनुमति पाएका थिए।

नदी किनारमा बसोबास गरेर नदीमा आश्रित उनीहरूको हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्ने गरिन्छ। 

निकुञ्जले नदीमा माछा मार्न खुलाएसँगै अनुमतिपत्र नवीकरण गर्ने गरिएको हो। ‘वैशाखदेखि असारसम्म नदीमा माछा मार्न रोक लगाइएको थियो,’ उनले भने, ‘साउनबाट माछा मार्न खुला गरेसँगै नवीकरण सुरु गरिएको हो।’
 
निकुञ्जले नदीमा आश्रित भएर बसोबास गर्दै आएकाहरूका लागि वैकल्पिक व्यवसायतर्फसमेत केन्द्रित गराउन थालेको छ। 

निकुञ्जले जगतपुर क्षेत्रका पाँच युवालाई अटोरिक्सा, नदीमा आश्रित तर आफ्नो जग्गा भएकाहरूलाई माछापालनका लागि सहयोग र सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम विगत २० वर्षदेखि सञ्चालन हुँदै आएको तिवारीले जानकारी दिए।
 
निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सक्रियतामा नदी किनारमा बसोबास गर्दै आएका एवं नदीमा आश्रितलाई अन्य व्यवसायतर्फ समेत केन्द्रित गराउन थालेको उनको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .