ad ad

समाज


पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ

पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ

बरामद सामानसहित पक्राउ परेका २ जना।


नेपालखबर
भदौ ३, २०८० आइतबार ८:५१, काठमाडौँ

सर्लाहीमा सशस्त्र प्रहरीले २ थान हतियारसहित २ जनालाई पक्राउ गरेको छ।

संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा क्षेत्रबाट २ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो। 

हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। 

उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा ७.६५ मिमि पेस्तोल एकथान, म्यागजिन १ थान र सोको गोली १५ राउन्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोली समेत बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

बरामद हतियार तथा पैसा

साथै उनीहरुबाट ११ हजार ६८० रुपैयाँ, भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएका छन्। सबै सामानसहित कारबाहीका लागि उनीहरुलाई राति नै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .