ad ad

समाज


भट्टेडाँडाको पहिरो पन्छाएपछि सञ्चालनमा आयो कान्तिलोकपथ

भट्टेडाँडाको पहिरो पन्छाएपछि सञ्चालनमा आयो कान्तिलोकपथ

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८० शुक्रबार ११:३३, काठमाडौँ

पहिरो पन्छाएपछि कान्तिलोकपथ सञ्चालनमा आएको छ। 

काठमाडौँलाई हेटौँडासँग जोड्ने यो राजमार्ग अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। 

पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। 

भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .