समाज


काठमाडौं महानगर योजना आयोगको उपाध्यक्षमा डा. राजभण्डारी

काठमाडौं महानगर योजना आयोगको उपाध्यक्षमा डा. राजभण्डारी

नेपालखबर
साउन ३२, २०८० बिहिबार १८:५५, काठमाडौँ

 काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ राजभण्डारीलाई नियुक्त गरेको छ। 

 बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले  पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो। 

डा. राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्। 
उनले स्नातकोत्तर पुल्चोक इन्जिनियरिङ् कलेजबाट गरेका छन्। 

नेपाल इन्जिनियरिङ् कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका राजभण्डारीसँग बिमानस्थल, ठूला भवन, पुललगायत ठूला परियोजनाहरुको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन निर्माण, स्ट्रक्चरल डिजाइन, सामाजिक तथा जलविज्ञान अध्ययन, डिटेल इन्जिनियरिङ सर्भे, आर्किटक्टलगायतका प्राविधिक क्षेत्रको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .