ad ad

समाज


दुर्घटना कम गर्न कर्णालीमा हवाई उडान प्रतिबन्ध लगाएका हौं : प्राधिरकण

दुर्घटना कम गर्न कर्णालीमा हवाई उडान प्रतिबन्ध लगाएका हौं : प्राधिरकण

नेपालखबर
साउन ३२, २०८० बिहिबार १४:३२, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको स्पष्ट पारेको छ। 

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो।

प्राधिकरणले कर्णालीका विमानस्थलहरूमा पूर्णरुपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए।

‘दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरूको भिएफआर उडान हुने ठाउँमा पहाडमा ठोकिएर धेरै दुर्घटना भएका छन्। यस्ता दुर्घटना न्युनीकरण गर्नका लागि जल तथा मौसम विज्ञान विभागको एउटा अध्ययन अनुसार र विमानस्थल निर्देशिका २०७९ अनुसार जुन ठाउँको अप्रेसन आउट जे छ त्यही अनुसार उडान गर्ने अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौं, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको छ,’ उनले भने। 

उनले विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको पनि बताए। उनले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए। 

मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधँैभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको पनि उनले बताए। भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरू तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए। 

‘यसअधि मनाङ एयरको विमान दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको लागि सधैँभरीको लागि नभएर मनसुन अवधिभरका लागि भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु जहाँ तत्काल आइएफआर गर्ने सम्भवना छैन,’ उनले भने, ‘विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने भनेर साउन १९ गते प्राधिकरणले निर्णय गरौं।’

कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा  प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको उनले बताए। उनले प्राधिकरणले पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउने भएकाले निर्णय गरेको पनि बताए। 

‘बिहान कहिलेकाँही मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा बिहान प्राधिकरणले तोकेको समयमा उडान भएन दिउँसोको समयमा मौसम राम्रो हुने र बिग्रने गर्दा पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउनु हुँदैन,’ उनले भने, ‘दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था भयो । जनताको सहजताको लागि बनाएको हवाई उडानबाट मान्छेहरू मर्न नपरोस्। जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको हो। विमानस्थल बन्द गरेको होइन। नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गरेको हवाई क्षेत्र र हिमाली पर्यटन छ।’

दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै हवाई उडानबाट मान्छेहरू मर्न नपरोस् भनेर जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको दाबी गरे।

उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान हवाई क्षेत्रको रहेको त्यो पनि हिमाली उडानको भएको बताए। उनले माउन्टेन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनीकरण गर्न आवश्यक रहेको पनि बताए। 

उनले हवाई दुर्घटना न्युनिकरणका लागि भिएफआर र आइएफआरका नियमहरू कडाईका साथ लागू गर्न आवश्यक रहेको बताए।

‘हिमाली पर्यटन भनेको माउन्टेन हवाई उडान हो। माउन्टेन उडानलाई नेपालले विश्वमा बदनाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनीकरण हुनुपर्छ। यसको लागि हवाई सुरक्षाका नियमहरू लागू गर्नुपर्छ। भिएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्नुपर्छ। यो निर्णय कुनै क्षेत्र र जनतालाई आग्रहपूर्वाग्रह राखेर गरेको निर्णय होइन,’ उनले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो।

उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन्। अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .