ad ad

समाज


मकवानपुरको रिसाेर्टमा अचेत भेटिएका ८ भारतीयमध्ये १ जनाको मृत्यु

मकवानपुरको रिसाेर्टमा अचेत भेटिएका ८ भारतीयमध्ये १ जनाको मृत्यु

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:३७,

मकवानपुरको थाहा नगरपालिकास्थित एक रिसोर्टमा मंगलबार बिहान अचेत भेटिएका ८ भारतीयमध्ये १ जनाको मृत्यु भएको छ।

थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ भारतीय नागरिकमध्ये १ जनाको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लालप्रसाद कुर्मीले जानकारी दिए।

उनका अनुसार बाँकी ७ जनामध्ये ५ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको छ।

‘बाँकी २ जनालाई लान काठमाडौंबाट फेरि हेलिकोप्टर आउँदै छ,’ मकवानपुरबाट प्रवक्ता कुर्मीले टेलिफोनमा नेपालखबरसँग भने, ‘अहिले कसैको परिचय खुलेको छैन।’

प्रहरी निरीक्षक कुर्मीका अनुसार भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिकको समूहले पनोरमा रिसोर्टका दुई कोठा लिएका थिए। जसमध्ये एउटा कोठामा ८ र अर्काे कोठामा ७ जना बसेका थिए।

‘तीमध्ये ८ जना बसेका कोठाका सबै जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन्,’ प्रहरी निरीक्षक कुर्मीले भने, ‘अर्काे कोठामा बसेका ७ जना भने सकुशल छन्।’

राति ग्यास हिटर बालेर सबै झ्याल बन्द गरी सुतेकाले निस्सासिएर उनीहरू बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ। तर यकिन कारण खुल्न बाँकी छ।

तीमध्ये कति जना पुरुष, कति महिला भन्ने खुलिनसकेको प्रहरी निरीक्षक कुर्मीले बताए। तर बेहोस ८ मध्ये ४ महिला ४ पुरुष भएको अनुमान गरिएको छ।

याे पनिमकवानपुरको रिसोर्टमा ४ महिला र ४ पुरुष बेहाेस भेटिए

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .