समाज


मकवानपुरको रिसोर्टमा ४ महिला र ४ पुरुष बेहाेस भेटिए

मकवानपुरको रिसोर्टमा  ४ महिला र ४ पुरुष बेहाेस भेटिए

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:९,

मकवानपुरको थाहा नगरपालिकास्थित एक रिसोर्टमा मंगलबार भारतीय ४ महिला र ४ पुरुष अचेत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका हुन्।

दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको हो।

अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। अचेत अवस्थामा रहेका भारतीयहरुको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .