ad ad

समाज


राष्ट्र बैंकमा धमाधम जोखिँदै सय केजी सुन (तस्बिरहरु)

राष्ट्र बैंकमा धमाधम जोखिँदै सय केजी सुन (तस्बिरहरु)

बरामद भएको सुन राखिएको ब्रेक सुको कार्टुन खोलिँदै। तस्बिर : सरोज बैजु


सरोज बैजु
साउन २९, २०८० सोमबार १४:४, काठमाडौँ

राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते बरामद गरेको सय किलो सुन नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा जोखिँदैछ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अहिले तीनवटा निकायका प्रतिनिधिको उपस्थितिमा चलिरहेको छ।

तीन सरकारी निकायले बरामद भएकामध्ये एउटा कार्टुनको सुन पत्रकारहरुमाझ खोलेका थिए। जहाँ आँकलन गरिएकोभन्दा कम सुन भेटिएको छ।

राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको उक्त सुन अब पगालेपछि मात्रै कति रहेछ भन्ने यकिन हुनेछ।

ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको थियो। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको अनुमान छ।

अब यसलाई जोखेर यकिन गरेर पगालिँदैछ। ‘आजदेखि सुन पकाल्ने काम सुरु हुन्छ। पगालेपछि सुनको के कति हो एकिन गर्न सकिन्छ। त्यसका लागि अहिले छलफलल भइरहेको छ’, आचार्यले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .