ad ad

समाज


आज बागमतीसहित यी नदीमा ठूलो बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

आज बागमतीसहित यी नदीमा ठूलो बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर : सर्लाहीमा बागमती


नेपालखबर
साउन २८, २०८० आइतबार ९:४५, काठमाडौँ

आज (आइतबार) बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गरी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सुझाव दिएको हो। 

सूचनाअनुसार आज बागमती, नारायणी, कर्णाली, पश्‍चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। 

यसैगरी आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा रहेका नदी तथा खोलामा बाढी आई जोखिम निम्तिने सम्भावना छ। 

यसैगरी आज मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने नदीमा पनि बाढीले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार हरियो रङले बाढीको न्यून जोखिम, पहेलो रङले बाढीको मध्यम जोखिम, सुन्तला रङले बाढीको उच्च जोखिम तथा रातो रङले बाढीको अति उच्च जोखिम हुने संकेत गर्छन्।

विस्तृत तलका सूचनामा-

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .