सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तीन जनालाई एकैदिन आज (शनिबार) रिहा गरिएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन शुक्रबार पक्राउ परेका व्यवसायी रोहन अदुकिया र दुई चिनियाँ नागरिकलाई रिहा पनि एकसाथ आज गरिएको हो।
अदुकियालाई खोजेका बेला उपस्थित हुने सर्तमा विमानस्थलस्थित अध्यागमन कार्यालयले छाडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
यस्तै सोही प्रकरणमा पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आजै बिहान रिहा गरेको हो।
105
Shares
प्रतिक्रिया