ad ad

समाज


मकवानपुरमा ढुंगाले लागेर प्रहरीको मृत्यु

मकवानपुरमा ढुंगाले लागेर प्रहरीको मृत्यु

नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:५८, काठमाडौँ

मकवानपुरको भीमफेदीस्थित प्रहरी चौकी भैंसेमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट घर भएका २२ वर्षीय कृतिबहादुर नेपाली रहेका छन्।

उनको गएराति हेटौंडाबाट कार्यलयतर्फ आउँदै गर्दा भीमफेदी १ स्थित बुलबुलेमा पहिरोको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

कार्यालयका अनुसार गएराति ८ः३५ बजेको समयमा ड्युटीमा रहेका उनी चिप्लिएर लडेर घाइते भएका थिए।

उनलाई उपचारको लागि मोटरसाइकलमा राखेर हेटौंडा पठाइएको र उपचार गरेर फर्कने क्रममा बाटोमा माथिबाट खसेको पहिरोको ढुंगाले टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

ढुंगाले लागेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .