ad ad

ग्लोबल


राहुल गान्धीले ‘फ्लाइङ किस’ गरेको भन्दै भारतीय संसदमा हंगामा

राहुल गान्धीले ‘फ्लाइङ किस’ गरेको भन्दै भारतीय संसदमा हंगामा

नेपालखबर
साउन २४, २०८० बुधबार १९:७,

भारतको विपक्षी दलका नेता राहुल गान्धीले ‘फ्लाइङ किस’ गरेको भन्दै सत्तारुढ भाजापाका सांसदहरुले लोकसभामा हंगामा गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावमा छलफल चलिरहेको छ। दोस्रो दिनको छलफलको सुरुवातमा राहुल गान्धी बोल्न थाले।

उनले सरकारले मणिपुरमा भारतको हत्या गरेको आरोप लगाए।

‘भारत एक आवाज हो, मनको आवाज। तपाईंहरुले मणिपुरमा त्यो आवाजको हत्या गर्नुभयो। तपाईंहरुले मणिपुरमा भारत माताको हत्या गर्नुभयो। तपाईंहरु देशद्रोही हो... तपाईंहरु भारत माताको रक्षक होइन, हत्यारा हो,’ गान्धीले भने।

उनले बोलिरहँदा भाजपाका सांसदहरुले पटकपटक अवरोध गरेका थिए।

उनले आफ्नो भाषण सक्न नपाई भाजपाका सांसदहरु मोदी, मोदी भनेर कराउन थाले। त्यहीबेला उनले सभामुखतर्फ फर्केर ‘फ्लाइङ किस’ गरेको जस्तो भिडिओमा देखिन्छ।

तर, मन्त्री स्मृति इरानीले गान्धी स्त्रीद्वेषी भएको आरोप लगाइन्।

‘एउटा स्त्रीद्वेषी पुरुषले मात्रै महिला सांसदहरु बसेको संसदमा फ्लाइङ किस दिन सक्छ,’ उनले भनिन्।

भाजपाका केही महिला सांसदहरुले सभामुख ओम बिरलालाई उजुरी पनि गरेका छन्।

कंग्रेसले भने राहुलले आफ्ना राजनीतिक विपक्षीप्रति स्नेह प्रदर्शन गरेको बताएका छन्।

यसअघि पनि गान्धीका गतिविधिले संसदमा हंगामा खडा गर्ने गरेको थियो। 

सन् २०१८ मा आफ्नो भाषण सकेर फर्किंदै गर्दा गान्धीले प्रधानमन्त्री मोदीलाई अंकमाल गर्दै अरुतिर फर्केर आँखा झिम्क्याएका थिए। त्यसपछि भाजपाका सांसदहरुले ठूलो हल्लाखल्ला गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .