ad ad

समाज


संखुवासभा कारागारबाट भाग्दा पक्राउ परेका २ कैदीको हत्या

संखुवासभा कारागारबाट भाग्दा पक्राउ परेका २ कैदीको हत्या

नेपालखबर
साउन २४, २०८० बुधबार ११:३६, काठमाडौँ

संखुवासभा कारागारमा कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी रहेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए। 

तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। 

मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो। 

त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ। कुटपिटमा संलग्न ९ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत लगिएको छ। 

‘दुईजना झ्याल रड भाँचेर बाहिर निस्किए। त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर पक्राउ गर्यो। दुवै जनालाई जेलभित्र राखियो। भित्र प्रशासनका कैदीहरुले साफ कुटेछन्। ९/१० जनाको नाम आएको छ। कुटपिटमा संलग्न ९ जनालाई निकालेपछि अहिले शान्त भएको छ’, जेलर घिमिरेले नेपालखबरसँग भने। 

अहिले शव जिल्ला अस्पताल लगिएको छ। प्रशासनले घटनाका विषयमा छानबिन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .