समाज


भक्तपुरमा पहिरोले एक घर भत्कियो

भक्तपुरमा पहिरोले एक घर भत्कियो

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार ११:२०, काठमाडौँ

पहिरो खस्दा भक्तपुरको चाँगुनारायणमा एउटा घर भत्किएको छ। 

चाँगुनारायण नगरपालिका १ मा बीरबहादुर केसीको जस्ताले छाएको चारकोठे घर पहिरोले भत्किएको प्रहरीले जनाएको छ।

घर पछाडिबाट आएको पहिरोले केसीको घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पहिरोले घर भत्किए पनि मानवीय क्षति भने नभएको परिसरका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .