ad ad

समाज


नगरपालिकाले दियो किसानलाई सयवटा बाख्रा

नगरपालिकाले दियो किसानलाई सयवटा बाख्रा

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८० शनिबार ७:३२, सिरहा

सिरहाको मिर्चैया नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ। 

नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरिएको हो। 

नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले बाख्रा बितरण गरेको नगर प्रमुख श्रवणकुमार यादवले जानकारी दिए।

त्यसमा समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानी छ। 

‘आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले बाख्रा वितरण गरेको हो,’ नगर प्रमुख यादवले भने।

नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताइन्। ्

‘नगरपालिकाले कुनै सेवासुविधा प्रवाह गर्दा हामीलाई केही जानकारी दिँदैन, छ वर्षमा यसपालि एकै पटक दुईवटा बाख्रा पाए निकै खुसी छु’, उनले भनिन्, ‘घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु। यसलाई दुईबाट चार बनाएर उचित मोलमा बिक्री गर्ने योजना छ।’

गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नम्बर ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नम्बर ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिए।

आव २०७९र८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .