समाज


पक्राउ परिन् विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे

प्रदर्शनमा उत्रिएका तामाङ समुदायका ३५ जना पनि समातिए
पक्राउ परिन् विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १५:४१, काठमाडौँ

तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।

एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।

यो प्रकरणमा अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो।

तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए।

उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेपछि आन्दोलन सुरु भएको थियो। 

बुधबार प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच जिल्ला प्रहरी परिसर काठमाडौंमा झडप भएको छ।

तर पाण्डेलाई पक्राउ गरिसकिएकाले प्रदर्शन नगर्न प्रहरीले भनेको थियो। प्रहरीको आग्रह नमानेर उग्र प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास हानेको थियो।

उक्त झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए।

अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad