कारोबार


नेपालमा एलिका ब्राण्डको पहिलो शोरुम उद्घाटन

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुम उद्घाटन

नेपालखबर
साउन १७, २०८० बुधबार १६:२, काठमाडौँ

चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौंको टेकुमा खोलिएको छ।

एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका  प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबुको उपस्थितिमा शोरुमको उद्घाटन भएको छ।

एलिका ब्रान्डसपमा  एलिका ब्रान्डको  चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु रहेका छन्। यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङको पनि व्यवस्था रहेको छ।

काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम सञ्चालन गरिएको छ।

दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्म खुल्ला रहने छ। ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१–५९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसपमा ओपेनिङ्ग को विशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रोडक्ट लाइभ डेमो र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमएस) को पनि व्यवस्था गरिएको छ। त्यसका साथै ग्राहक वर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि  व्यवस्था छ।

यो सँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सीजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad