समाज


विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी

विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी

नेपालखबर
साउन १२, २०८० शुक्रबार १५:२०, काठमाडौँ

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। तामाङ र मगर समुदायप्रति गलत टिप्पणी गरेपछि उनीविरुद्ध सोही समूदायले उजुरी गरेका थिए।

उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेकी थिइन्। त्यसपछि उनको आलोचना भएको थियो।

उजुरी परिसकेपछि यस विषयमा अनुसन्धान अगाडि बढाइएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए।

उनीविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad