समाज


उच्च अदालतबाट सफाइ पाएका लालबहादुरलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : हर्क साम्पाङ

उच्च अदालतबाट सफाइ पाएका लालबहादुरलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : हर्क साम्पाङ

नेपालखबर
साउन १६, २०८० मंगलबार १९:५५, काठमाडौँ

साहुको फन्दामा परी करोडौँ ठगीको अभियोग लागेका मजदुर लालबहादुर विश्वकर्मालाई विराटनगरस्थित उच्च अदालतले सफाइ दिएपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ औधी खुसी भएका छन्। 

लालबहादुरलाई सफाइ दिलाउन बहस गर्ने वकिलहरूलाई मेयर साम्पाङले धन्यवादसमेत दिएका छन्। 

साथै उनले अहिलेसम्म बिनाकारण जेलमा राखिएबापत लालबहादुरलाई क्षतिपूर्ति दिन राज्यसँग माग पनि गरेका छन्। 

‘लालबहादुर विश्वकर्मालाई सफाइ दिन लड्नुभएका सम्पूर्ण वकिलहरूलाई धन्यवाद’, साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उहाँले बिनाकारण जेलमा बस्न परेको क्षतिपूर्ति राज्यले दिनुपर्छ साथै अरू निर्दोष लालबहादुर नफस्नको लागि कानुन संशोधनन गर्नुहोला।’

विस्तृत विवरणसाहुको फन्दामा फसेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad