ad ad

समाज


दमकका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध आन्दोलन, कार्यालयमा प्रवेश निषेध

दमकका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध आन्दोलन, कार्यालयमा प्रवेश निषेध

नेपालखबर
साउन १५, २०८० सोमबार ११:३९, काठमाडौँ

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको आपत्तिजनक हर्कतलाई लिएर जनप्रतिनिधिहरु आन्दोलित भएका छन्। 

गत शनिबार सरकारी निवासमा एक महिलासँगको सम्बन्धको आपत्तिजनक दृश्य टिकटकमार्फत सार्वजनिक भएपछि निरौला विवादमा परेका छन्। 

आइतबार मात्रै दमकका नगरप्रमुख राम थापाले विज्ञप्ति निकालेर सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि मन्त्रालयमा पत्राचार गरिने बताएका थिए।

भिडिओ बाहिरिएपछि नगरपालिकाले त्यसबारे नबोलेको भन्दै स्थानीय बासिन्दाले पनि नगरप्रमुखको आलोचना गरेका थिए।

निरौलाको हर्कतले नगरकै प्रतिष्ठामा आँच पुगेको भन्दै कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश रोक लगाउन माग गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासभित्र एक महिलासँगको भिडिओ सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाही माग गरेका हुन्। 

उक्त घटनाले आमनागरिकको ध्यानाकर्षण भएको बताउँदै उनीहरुले तत्काल बैठक बोलाउन माग गरेका छन्।

उक्त भिडिओ प्रकरणले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन्।

यसैबीच आइतबार नै नेकपा एमालेनिकट युवा संघले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ।

निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरिएको छ।

संघका अध्यक्ष राम पौडेलले ज्ञापनपत्र पनि नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई बुझाएका छन्। 

सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेको भन्दै तत्काल कारबाही गरिनुपर्ने संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .