ad ad

राजनीति


माओवादीले पनि केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने

माओवादीले पनि केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार ११:४२, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसपछि सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले पनि पहिलोपटक केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ। 

आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले यही साउन १७ गते सुरु हुने केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको हो।

‘केन्द्रीय समितिको बैठकमा यसपटक हामी सबैलाई बोल्न दिने निर्णय गरेका छौँ, यसअघि समूहगत छलफल हुन्थ्यो र टोली नेताले मात्र बोल्न पाउँथे’, माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले नेपालखबरसँग भने, ‘आगामी १७ गते सुरु हेन केन्द्रीय समितिको बैठकमा भने सबैलाई आफ्नो विचार राख्न दिने, त्यसको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ, ताकि उनीहरूले बोलेका कुरा आम जनमानसम्म पुगोस्।’  

माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय छ। 

केही दिनअघि नेपाली कांग्रेसले पनि आफ्नो इतिहासमा पहिलोपटक केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो। जसका कारण सभापति शेरबहादुर देउवाको प्रशंसा भइरहेको छ। 

थप निर्णयमाओवादीको मंसिरमा विधान सम्मेलन, फागुन–चैतमा विशेष महाधिवेशन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .