ad ad

समाज


आज यी ४३ जिल्लाका नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन सुझाव

आज यी ४३ जिल्लाका नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर : दार्चुला


नेपालखबर
साउन १४, २०८० आइतबार १०:८, काठमाडौँ

आज (आइतबार) पूर्वदेखि पश्चिमसम्म ४३ वटा जिल्लाका खोला/नदीमा बाढी आउने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

महाशाखाका  अनुसार इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापूर्व), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम देखिएकाले  नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ। 

यसैगरी आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ। तसर्थ सो क्षेत्र भई बहने साना नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ। 

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .