बेल्जियमका राजा फिलिपकी बहिनी अस्त्रिद एक साता लामो भ्रमणका लागि नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अस्त्रिदालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरे। नेपाल भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते स्वदेश फर्कनेछिन्।
५७ वर्षीया राजकुमारी अस्त्रिदको पुरा नाम अस्त्रिद जोपेपाइन–सारलोट फ्याब्रिजिया इलिजावेथ पाउलो मारिया हो।
नेपाल भ्रमणका क्रममा राजकुमारी अस्त्रिदले कैलाली, नवलपरासी र चितवन भ्रमण गर्ने मन्त्रालयले जनाएको छ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम तय भएको छ।
कैलालीमा अस्त्रिदले नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम छ। उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि क्षयरोगका बिरामीलाई भेट्ने छिन्।
मन्त्रालयका अनुसार यी दुई अस्पतालको निर्माणमा राजकुमारी मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो।

प्रतिक्रिया