ad ad

समाज


अन्नपूर्ण क्षेत्रमा हराएकाहरुलाई खोज्न समस्या (भिडियाे)

अन्नपूर्ण क्षेत्रमा हराएकाहरुलाई खोज्न समस्या (भिडियाे)

वाशुदेव मिश्र
माघ ५, २०७६ आइतबार ८:११,

कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिउँपहिरोमा बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिउँपहिरोमा हराइरहेका ४ कोरियाली र तीन जना नेपालीसहित ७ जना अझै सम्पर्कविहीन छन्।

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्पर्कविहीन भएकाहरु हिउँमा पुरिएको आशंका गरिएको छ। उद्धारमा गएको टोली आइतबार घटनास्थल पुगेर फर्केको छ।

टोलीमा संलग्न पर्यटन व्यवसायी विजय केसीका अनुसार हिउँपहिरो खसेको ठाउँमा ठूलो हिमपात भएको छ। आइतबार आफूहरु त्यहाँ पुग्दा पनि हिउँ परिरहेको उनले जानकारी दिए। उनका अनुसार गाइड सरोज परियार हिउँ पहिरोमा परेको ठानिएको क्षेत्रमा देउरालीनेर केही कम हिउँ देखिएको छ।

himpat 11

‘त्यो क्षेत्रको हिउँ पग्लियो भने त्यहाँ एक हप्तामा खोजी कार्य गर्न सकिएला, अन्य कोरियनहरु हराएको क्षेत्रमा त हिउँ पग्लिनै १ महिनासम्म लाग्नसक्छ’, उनले टेलिफोनमा नेपालखबरसँग भने, ‘सो क्षेत्रमा केही प्लाष्टिकका टुक्राहरु देखिएका छन्, नभए त्यहाँ सेताम्मे हिउँ नै छ।’ उनका अनुसार माछापुच्छ्रे बेसक्याम्प जाने हिमालय र देउराली भन्ने दुई ठाउँमा ठूलो हिउँपहिरो खसेको छ।

‘खसेको पहिरो पनि तीनतिर बाँडिएको छ’, उनले भने, ‘हेर्दा डिजाष्टर नै छ।’ सो क्षेत्रमा लि मिन सुन, किम सुक जा, जियोङ पिल र बोङ चोइ ह्यो नामक कोरियनहरु तथा नेपाली गाइडहरु छिरिङ भोटे, मिङबहादुर तामाङ र सरोज परियार रहेका छन्।

himpat 12

तामाङ र परियार पोखराकै गाइड हुन्। विजयको कुरामा कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले पनि सही थपे। उनका अनुसार पदयात्रा मार्गको होटलमा रहेका पर्यटकहरुको उद्धारको काम सकिएको छ। अहिले छोमरोङभन्दा माथि रहेका सबै पर्यटकलाई तल सुरक्षित ठाउँमा सारिएको छ।

दोभानभन्दा माथिका सबै होटल र त्यहाँ कार्यरत कामदारलाई सुरक्षित क्षेत्रमा सारिएको छ।

himpat 13

४ हजार १ सय ३० मिटर उचाइको माछापुच्छ्रे बेसक्याम्प पुग्न २ हजार २० मिटरको उचाइमा रहेको घान्द्रुकबाट छोमरोङ, सिनुआ, बाम्बो, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे बेसक्याम्प र अन्नपूर्ण बेसक्याम्पको यात्रा तय गर्नुपर्छ। अहिले हिउँपहिरो आएको देउराली क्षेत्र ३२ सय मिटर उचाइमा छ भने माछापुच्छ्रे ३७ सय मिटर र अन्नपूर्ण बेसक्याम्प ४१३० मिटरको उचाइमा छ।

भिडियाे हेर्नुहाेस्ः 

तस्बिर तथा भिडियोः विजय केसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .