कारोबार


हिमपातले पर्यटक हराएकोमा टान दुःखी

हिमपातले पर्यटक हराएकोमा टान दुःखी

नेपालखबर
माघ ५, २०७६ आइतबार ७:४३,

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले अन्नपूर्ण बेसक्याम्पमा पदयात्राका क्रममा हिमपातले पर्यटक तथा नेपाली पथप्रदर्शक हराएको घटनाप्रति दुःख व्यक्त गरेको छ। गत शुक्रबार पदयात्राका क्रममा हिमपात भएपछि चार जना कोरियाली नागरिक र तीन जना नेपाली हराएका थिए।

सम्पर्कविहीन पदयात्रीको यथाशीघ्र खोजी गरिदिन टानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कास्की जिल्ला प्रशासन, अन्नपूर्ण गाउँपालिका, नेपाल प्रहरीलाई आग्रह समेत गरेको छ। हराउनेमा जियोंग पिल बोंग, लि मिन सु, चोइ ह्योवन, किम सुक जा र नेपालीहरुमा सरोज परियार, छिरिङ भोटे र मिन बहादुर लामा छन्।

टानले भनेको छ, ‘तीन दिनसम्म खोजी तथा उद्धार कार्यमा सक्रीय भएर सहयोग गर्दै आउनु भएकोमा टान पश्मिाञ्चल संघ पोखराका कार्यसमिति, युनिटरावका सदस्यहरु, अखिल नेपाल पर्यटन मजदुर संघ, अन्नपूर्ण गाउँपालिका, पर्यटक प्रहरी, सेन्चुरी क्लब, स्थानीय बासिन्दाहरु, सम्पूर्ण ट्रेकिंग व्यवसायीहरु, खोज तथा उद्धार समितिका सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दछौं।’

टान पोखराले सोही हिमपहिरोमा घाइते भएका १ जना चिनियाँ झांग यिंग र अर्का पर्यटक सहयोगी जगदीश खत्रीलाई उद्धार गरेर ल्याएको र हाल उनको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको टानले जनाएको छ।

पदयात्रामा गएका १ सय ३० जना पदयात्रीलाई उद्धार गरी छुम्रुङ र पोखरामा ल्याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad