ad ad

समाज


३५ तोला सुनसहित पक्राउ डीएसपी केसी बर्खास्त

३५ तोला सुनसहित पक्राउ डीएसपी केसी बर्खास्त

नेपालखबर
साउन ९, २०८० मंगलबार १९:५९, काठमाडौँ

३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्।

भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो।

उनलाई बर्खास्त गरिएको पत्र हेडक्वाटरमा आएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले नेपालखबरलाई बताए।

प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो। छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको हो।

गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए। उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो।

समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो। डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले यसअघि निलम्बन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .