समाज


डीएसपी ठगबहादुरबारे अनुसन्धान गर्न बुटवल पुग्यो छानबिन समिति

डीएसपी ठगबहादुरबारे अनुसन्धान गर्न बुटवल पुग्यो छानबिन समिति

नेपालखबर
पुस २०, २०७९ बुधबार १७:२३, काठमाडौँ

व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका डीएसपी ठगबहादुर केसीमाथि छानविन सुरु भएको छ।

एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल पुगेर घटनाको अनुसन्धान सुरु गरेको हो। 

इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायव गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।

उजुरीपछि केसीलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले खापुङको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। 

समितिको प्रतिवेदनपछि केसीमाथि थप कारबाही अगाडी बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad