अपराध


रुपन्देहीका डीएसपी ठगबहादुर पक्राउ

रुपन्देहीका डीएसपी ठगबहादुर पक्राउ

फाइल तस्बिर : डीएसपी ठगबहादुर केसी


नेपालखबर
पुस ११, २०७९ सोमबार ११:२०, काठमाडौँ

रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित उनलाई नियन्त्रणमा लिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको एआईजी सुवेदीले बताए। 

उनको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल आएको थियो।

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासोपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .