हङकङमा मंगलबार साँझ भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
कजवे बेमा साँझ दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्सी चालको मृत्यु भएको छ। ती चालकका चार यात्रु भने घाइते छन्।
वर्ल्ड ट्रेड सेन्टरनजिक ८ बजेतिर सो ट्याक्सी एउटा क्रेन ट्रकको पछाडि ठोक्किएको थियो। जसका कारण चालक र यात्रु च्यापिएका थिए।
अग्निनियन्त्रकहरुले उनीहरुको उद्धार गरेका थिए। चालकलाई वान चाइस्थित रट्टोनजी अस्पताल पु¥याउँदा मृत घोषित गरिएको थियो।
घाइतेहरुमा एक पुरुष, दुई महिला र एक तीन वर्षीय बालिका रहेको बताइएको छ। उनीहरुको उपचार भइरहेको छ।
दुर्घटनापछि तीन वयष्यको अचेत अवस्थामा उद्धार गरिएको थियो। बालिकाको भने पहिले होस हराए पनि पछि चेत खुलेको बताइएको छ।
दुर्घटनाको कारण सो क्षेत्रमा लामो ट्राफिक जाम भएको छ। एससीएमपी
900
Shares
प्रतिक्रिया