मकवानपुरको मनहरी गाउँपालिका–७ मा बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले दिएको जानकारीअनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले ठक्कर दिँदा स्याङतानको मृत्यु भएको हो।
बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिएको थियो।
गम्भीर घाइते स्याङतानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3
Shares

प्रतिक्रिया