राजनीति


सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच छलफल जारी

सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच छलफल जारी

नेपालखबर
माघ ५, २०७६ आइतबार ४:०,

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ।

आइतबार बिहान नौ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

ओली र प्रचण्डबीचको छलफल सभामुख चयनको विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

सभामुखमा पूर्व एमाले र पूर्व माओवादी खेमाबीच अझै सहमती जुट्न सकेको छैन । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि दुबै खेमाले यो पदमा दाबी गर्दै आएका छन्।

स्रोतका अनुसार सभामुख पूर्वमाओवादी समूहलाई दिन ओली तयार भैसकेका छन्। सम्भवतः आजको बैठकले सभामुखको नाम टुंग्याउने स्रोतको दाबी छ।

सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच गएको बिहीबार र शुक्रबार पनि छलफल भएको थियो।

सभामुखमा पूर्व एमालेबाट पूर्वसभामुख सुवास नेम्बाङ दाबेदार छन्। वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन्। पूर्व माओवादी खेमाबाट अग्नी सापकोटा, पम्फा भुसाल, हरिबोल गजुरेल लगायतको नाम पनि चर्चामा छ।

भोली (सोमबार) बस्ने प्रतिनिधिसभा बैठकले सभामुख चयन प्रक्रिया सुरु गर्ने दाबी नेकपाका नेताले गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad