समाज


अवैध मुद्रासहित विमानस्थलबाट एकजना बंगलादेशी नागरिक पक्राउ

अवैध मुद्रासहित विमानस्थलबाट एकजना बंगलादेशी नागरिक पक्राउ

नेपालखबर
साउन ८, २०८० सोमबार १८:२२, काठमाडौँ

अवैध रूपमा विदेशी मुद्रा लुकाई बाह्य मुलुकतर्फ लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

सोमबार बिहान १० हजार अमेरिकी डलर र ४९ हजार बंगलादेशी टाका सहित प्रहरीले सोमबार बिहान बंगलादेशी नागरिक जहङ्गीर आलोमलाई पक्राउ गरेको हो। 

बंगलादेश एयरलाइन्सको उडानबाट बंगलादेश जान लागेका उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो। 

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको  प्रहरीले जनाएको छ। 

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीलले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad