समाज


भेटिएनन् आइतबार सामाखुसीको बाढीमा बगेका बालक, चोभारसम्म खोजिँदै

भेटिएनन् आइतबार सामाखुसीको बाढीमा बगेका बालक, चोभारसम्म खोजिँदै

नेपालखबर
साउन ८, २०८० सोमबार १२:३९, काठमाडौँ

काठमाडौंको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । 

काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा बेपत्ता  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए।

उनी आइतबार साँझदेखि बेपत्ता छन्।

सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए। विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्किएका थिए।

मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। उनको चोभार खोलासम्म खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .