जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर बुझाएका लर्ड अफ ड्रिम्स (एलओडी) क्लबका दुई सञ्चालकलाई काठमाडौं प्रहरी परिसरले छाडेको छ।
बालिकालाई नाइट क्लबमा प्रवेश दिएको आरोपमा ललितपुर प्रहरी परिसरले क्लबका सञ्चालक रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेर कारबाहीका लागि काठमाडौं परिसरलाई बुझाएको थियो।
बालबालिकासम्बन्धी ऐन अनुसार १८ वर्षमुनिका बालबालिकालाई नाइट क्लबमा प्रवेश गराउन मिल्दैन।
तर एलओडीमा प्रवेश गरेकी एक नाबालिग बलात्कारमा परेपछि उक्त घटना बाहिरिएको हो।
नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा ललितपुर प्रहरीले तत्काल सञ्चालकद्वयलाई पक्राउ गरेको थियो।
त्यसअघि नै बलात्कारमा संलग्न रहेको आरोपमा कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका थिए।
बलात्कारस्थल ललितपुरमै भएकाले कोइरालाविरुद्ध ललितपुर प्रहरीले नै अनुसन्धान गरेर मुद्दा अगाडि बढाएको थियो।
उनलाई भने जिल्ला अदालत ललितपुरले शुक्रबार नै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
सम्बन्धित समाचार
- एलओडीबाट लगेर बालिका बलात्कार : अभियुक्त कोइराला जेल चलान
- ठमेलस्थित एलओडी क्लबका सञ्चालक सुवाल बालुवाटारबाट पक्राउ
- बलात्कार मुद्दामा जोडिएपछि एलओडीका सञ्चालक एक सातादेखि फरार
- बलात्कार मुद्दामा जोडिएपछि एलओडीका सञ्चालक एक सातादेखि फरार
तर काठमाडौं परिसरमा बुझाइएका एलओडीका सञ्चालकद्वय हाजिरी जमानीमा छुटेका छन्।
घटनामा उनीहरुको प्रत्यक्ष संलग्नता नदेखिएकाले छाडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।
प्रहरीले उनीहरुलाई छाड्नुअघि दुई कर्मचारीलाई पक्राउ गरेको थियो। क्लबका म्यानेजर सहदेव राई र रिसेप्सनिस्ट सपना ढुंगाना पक्राउ परेका थिए।
उनीहरुले त्यसराति होटल सञ्चालकहरु नरहेको र आफूहरुको जिम्मामा भएको बताएपछि छाडिएको नेउपानेले बताए।
रिसेप्सनिस्ट ढुंगानालाई पनि शुक्रबार छाडिएको छ। ढुंगानालाई भने प्रहरीकै सल्लाहमा छाडिएको हो।
उनी बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको वकिल कार्यालय प्रमुख नेउपानेले बताए।
अब नाबालिग प्रवेश गरेको घटनामा पक्राउ परेका ४ मध्ये म्यानेजर राई मात्रै हिरासतमा छन्।
अन्यलाई छाडिए पनि अनुसन्धान जारी रहने काठमाडौं परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए।
Shares

प्रतिक्रिया