समाज


यसरी गरेका थिए सन्तोषले महिलामाथि 'सिरिन्ज' आक्रमण (भिडियो)


नेपालखबर
असार १३ ,

प्रहरीले काठमाडौँमा महिलामाथि धारिलो बस्तु प्रयोग गरी घाइते बनाउने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की रहेका छन्।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको अपराध महाशाखासहितको टोलीले कार्कीलाई बिहीबार राति १० बजे महाराजगञ्जबाट पक्राउ गरेको हो।

महाराजगञ्जमा फास्टफुट चलाउँदै आएका कार्कीले रेस्टुरेन्ट बन्द गरेर फर्कने क्रममा सोह्रखुट्टे, टंकेश्वर, डल्लु लगायतका क्षेत्रमा महिलामाथि ढलान किल्लाले घोच्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

aakraman kari

प्रहरीमा उनले आफूले रमाइलोको लागि महिलामाथि ढलान किल्लाले घोच्ने गरेको बयान दिएका छन्।

केही समयदेखि राजधानीका विभिन्न स्थानमा हुँदै आएको यसखालको आक्रमणले महिला र सर्वसाधरण त्रासमा रहेका थिए।

आक्रमण जारी रहने र आक्रमणकारी पक्राउ नपर्ने हुँदा महिलामा थप त्रास सिर्जना भएको थियो।

गत जेठमा शृंखलाबद्ध रुपमा डल्लु क्षेत्रमा महिलाहरुमाथि यसखालको आक्रमण भएको थियो।

रातिको समयमा महिलामाथि धारिलो बस्तु प्रयोग गरी घाइते बनाउने कायम जारी रहेपछि प्रहरीले त्यो क्षेत्रलाई विशेष निगरानीमा राखेर खोज अनुसन्धान अगाडि बढाएको थियो।

घाइते महिलाहरुले टेकु अस्पतालमा उपचार गराएका थिए। ती महिलाहरुको उजुरीपछि परिसर र महाशाखाको संयुक्त टोलीले विशेष खोजतलास सुरु गरेको थियो।

खोजीकै क्रममा बिहीबार राति बाइकमा कोठमा फर्कँदै गरेका कार्कीलाई प्रहरीले बा४७प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो।

प्रहरीले उनको बयान जारी नै रहेको कारण आक्रमण के बाट भएको थियो भन्नेबारेमा अहिले नै एक्किन बताउँन नसक्ने जवाफ दिएको छ।

असार १३, २०७६ शुक्रबार ६:२६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad