समाज


नगरपालिकाले घर भत्काउँदा झडप

नगरपालिकाले घर भत्काउँदा झडप

नेपालखबर
माघ ३, २०७६ शुक्रबार १६:९,

बाह्रबिसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ। नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा बिहान ८ बजेबाट भत्काउन शुरु गरेको थियो।

टहरा भत्काउने क्रममा बाह्रबिसेको खुर्सानीबारीमा झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए। यसअघि भत्काउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा स्थानीयले घर टहरा नहटाएकाले डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ। अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो।

बजार कुरूप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुनसक्ने सम्भावना भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए।

सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले बताए। बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad