हिउँदे वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
सडकको पहिरो पन्छाएपछि शुक्रबार दिउँसोदेखि सडक पुर्ण रुपमा सञ्चालन भएको मुग्लिन प्रहरीले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको थियो। बिहीबार रातिदेखि लगातार पानी परिरहेका कारण पहिरो गएको हो।
साे सडक खण्डमा अहिले पुर्ण रुपमा गाडी सञ्चालन भएकाे छ।

प्रतिक्रिया