ad ad

समाज


सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ

सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ

नेपालखबर
असार २०, २०८० बुधबार २०:२, काठमाडौँ

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादव घुस रकमसहित पक्राउ परेका छन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ लाख २५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

सम्सी गाउँपालिका वडा नं. ५ मा सञ्चालन भएको कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले राउत र यादवलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गाउँपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

उनीहरु उपर थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .