ad ad

समाज


तिनाउ नदीले सतर्कता तह पार गर्‍यो

तिनाउ नदीले सतर्कता तह पार गर्‍यो

नेपालखबर
असार १९, २०८० मंगलबार ७:१, काठमाडौँ

बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ।

तिनाउ नदी बाढीमापन केन्द्रका अनुसार अविरल वर्षापछि पाल्पा हुँदै बग्ने तिनाउ नदीको जलसतहले बिहान ३ बजे बुटवलमा सतर्कता तह पार गरेको हो।

सतर्कता तह पार गरेको र सतह बढ्दै गएकाले खतरा पुग्न सक्ने भन्दै जल तथा मौसम विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपासका बस्तीमा डुबान हुन सक्ने अनुमान गरिएको छ।

पछिल्लो ६ घण्टामा स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपास अति भारी वर्षा भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणले जनाएको छ। पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै दिउँसो १  बजेसम्म सतर्कता अपनाउन भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .