प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट लागूपदार्थसहित तीन जनालाई पक्रउा गरेको छ।
राजमार्गमा खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा लागुऔषधिसहित उनीहरुलाई पक्राउ गरेको हो।
भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नम्बरको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजक पक्राउ परेका छन्।
उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध र प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सोही ठाउँमा बझाङबाट काठमाडौँका लागि छुटेको ना.६ख १३३३ नम्रको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेल पनि लागुऔषधसहित पक्राउ परेका छन्।
उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
Shares

प्रतिक्रिया