ad ad

समाज


ललिता निवास जग्गा प्रकरणमा जोडिएका ढकालको घरमा बम विस्फोट

ललिता निवास जग्गा प्रकरणमा जोडिएका ढकालको घरमा बम विस्फोट

नेपालखबर
माघ १, २०७६ बुधबार १४:४८,

काठमाडाैंकाे बनस्थलीमा बुधबार साँझ बम विस्फाेट भएकाे छ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आराेपी शोभाकान्त ढकालको नागार्जुन नगरपालिका-१ स्थित नर्सरी चाेकमा रहेकाे घरमा बम विस्फोट भएको हाे।

घटनास्थलमा प्रहरी र सशस्त्रकाे टाेली पुगेकाे छ। बिस्फाेटमा कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ।

'गेटमा बिस्फाेटक पदार्थ बिस्फाेट भएकाे छ,' काठमाडाैं प्रहरीका डीएसपी हाेविन्द्र बाेगटीले भने 'घरका शिसाहरू फुटेका छन्।'

विस्फाेटबाट गेट पुर्णरुपमा क्षति भएकाे तथा आँगनमा राखेकाे निशान कारमा क्षति पुगेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीकाे प्रारम्भीक अनुसन्धानमा विप्लव समुहका कार्यकर्ताले टाइमर सहितकाे कुकर बम बिस्फाेट गराएकाे खुलेकाे छ। तीनजनाकाे समुहमा रहेका उनीहरूले बम राखेर भागेकाे प्रत्यक्षदर्सीले प्रहरीलाइ बताएका हुन्। 

घटना लगत्तै सेनाकाे बम स्कवाइड, सशस्त्रकाे २५ नम्बर गुल्म बालाजु र नेपाल प्रहरीका अधिकारी खटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .